काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रकाउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग साढे ६ घण्टा बयान लिइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा आज ९ बजेबाट साढे ३ बजेसम्म बयान लिइएको हो । सरकारी वकिलको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता फणीन्द्र कटुवालले लामिछानेसँग बयान लिएका हुन् ।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । आज बयान नसकिएपछि आइतबार पुनः बयान लिइनेछ ।
गत कार्तिक २ गते लामिछानेलाई जिल्ला अदालत कास्कीको अनुमतिका आधारमा प्रहरीले बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत पक्राउ पुर्जी जारी भएपछि रुपन्देही लगेर थप अनुसन्धानका लागि कास्की नै फर्काइएको थियो । उनीमाथि विभिन्न सहकारीको करोडौँ रकम गोरखा मिडिया नेटवर्कका नाममा ल्याएर अपचलन गरेको आरोप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया