बालबालिकाको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकता : मन्त्री सुडी

लोकपथ
42
Shares

काठमाडौं । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले विशेष संरक्षण आवश्यक भएका बालबालिकाहरुको आधारभुत अधिकार सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । शुक्रबार बालअधिकारको सय वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले बालबालिकाहरु देशको भविष्य मात्र नभई वर्तमानका लागि पनि महत्वपूर्ण रहेको बताए । बालबालिकाको शिक्षा र स्वास्थ्य सरकारको प्राथमिकताको विषय भएको बताए । नेपालको राजनीतिक परिवर्तनसँगै नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिमा राज्यको दायित्वलाई अस्पष्ट कानूनी व्यवस्था राखेको बताए । मन्त्री सुडीले बालविवाह अन्त्य, बालविवाह श्रमउन्मुलन, शिक्षामा सबैको पहुँच र बालबालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरु हाँसिल गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?