कास्की । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-८ डेभिजफल बस्ने २२ वर्षीय विजय थापा रहेका छन् ।
पार्किङ गरी राखेको ग.२३ प ९२०८ नम्बरको मोटरसाइकल गत मंसिर ५ गते साँझ चोरी भएको घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा बिजयले उक्त मोटरसाइकल चोरी गरी केही पार्टपुर्जा आफ्नो ग.१६ प १४६२ नम्बरको मोटरसाइकलमा राखेको र अन्य पार्टपुर्जा छुट्टाई पोखरा महानगरपालिका-१७ घारीपाटनस्थित कोठामा लुकाई छिपाई राखेको खुल्न आएको हो ।
उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया