रोल्पामा बन्दै गरेको झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच कामदारको मृत्यु 

लोकपथ
105
Shares

काठमाडौं । रोल्पामा बन्दै गरेको झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–३ का ४५ वर्षीय दुजमन परियार, २७ वर्षीया आईती परियार, ३१ वर्षीय ओम परियार, ६६ वर्षीय देवीराम परियार, ४० वर्षीया सुवित्रा परियारको मृत्यु भएको हो । 

आज बिहान ९ः५० बजे यो घटना भएकोे रोल्पाका जिल्ला प्रहरी प्रमुख डीएसपी भरत लामाले बताए ।  पुल निर्माणमा सात जना खटिएकोमा दुई जना ले भागेर ज्यान जोगाएका थिए ।  मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?