शेयर बजारमा ९.९९ अंकको गिरावट, कारोबार रकममा भने केही वृद्धि

लोकपथ
35
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्सेमा ९.९९ अंकको गिरावट आएको छ । मौद्रिक नीतिको समीक्षापछि आइतवार नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा अडिएको हो ।

नेप्सेमा गिरावट आए पनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन आठ अर्ब ५४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन आठ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको एक करोड ६७ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५ कम्पनीले सकारात्मक सर्किट लेभलमा कारोबार गरेका छन्। ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र विशाल बजार कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भए । एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य साढे नौं प्रतिशत भन्दा बढीले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य नौं प्रतिशत भन्दा बढी बढेको छ। यस दिन जानकी फाइनान्सको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूह मध्ये तीन उपसमूहको परिसूचक बढ्दा १० उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.०७ प्रतिशतले बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक साढे चार प्रतिशत बढेको छ भने होटेल तथा पर्यटन उपसमूहको परिसूचक ०.३० प्रतिशत बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?