नीतिगत सुधार नभएको कारण मुलुकको संस्थागत र संरचनागत विकास हुन सकेन : सञ्चारमन्त्री गुरुङ

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीतिगत सुधार नभएको कारण मुलुकको संस्थागत र संरचनागत विकास हुन नसकेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा छैटौँ संस्करणको ‘डिशहोम १२खरी कथा प्रतियोगिता–२०८१’ को नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पञ्चायतकालका कानुनहरु रहेको उल्लेख गर्दै ती कानुनहरुकै कारण आफूले गर्दै आएको कामहरु परिणाममुखि नदेखिएको बताएका हुन् । 

पुराना भएका कानुनहरुलाई समयानुकुल बनाएर उत्पन्न समस्याहरुको समाधान निकाल्न जरुरी रहेको उनको भनाइ छ । उनले राज्यका संरचनाहरुको काम गर्ने क्षमता वृद्धि गर्न नसकेकै कारण सहकारीमा समस्या देखिएको बताए । उनले सहकारीलाई तीन खम्बे अर्थनीति प्रोत्साहन गरेको भए पनि त्यसको समयमै नियमन र अनुगमन गर्न नसक्दा समस्या देखिएको बताए ।

उनले विश्वमै सहकारीले महत्त्वपूर्ण भूमिका खेलेको देश नेपाल भनिए पनि सहकारीहरुको कार्यशैली, कार्यक्षमतामा सरकारले ध्यान दिन नसकेको बताए । उनले पुराना भएका कानुनहरुको संशोधन गरी समयानुकल बनाउन सरकार लागि परेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?