काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले खेलकुद क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरुले खेलाडी र खेलकुदमा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् ।
उनीहरूले जितेर आइसकेपछि खुसी हुने र स्याब्बासी दिनु भन्दा पहिला जित्नका लागि आवश्यक व्यवस्थापन गर्न लगानी बढाउनुपर्नेमा जोड दिए । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले देशभरका खेलकुद भौतिक पूर्वाधार बन्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले सबैतिर बजेट छर्नु भन्दा एउटामा लगानी गरेर समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए । उनले खेल जितेर आइसकेपछि खुसी हुने र बधाई दिने तर खेल जित्नका लागि लगानी नगर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया