साढे ६ किलो भन्दा बढी कोकिनसहित केन्याली महिला विमानस्थलबाट पक्राउ

लोकपथ
546
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषध कोकिनसहित केन्याली महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा केन्याली महिला चिलियन केरुबो ओगिटो रहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

आइतबार अपरान्ह सशस्त्र प्रहरी बल नेपाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेश र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको संयुक्त चेकजांचको क्रममा उनको साथबाट ६ किलो ८ सय ४० ग्राम कोकिन फेला परेको हो ।

कतार एयरवेजबाट आएकी उनलाइ थप अनुसन्धान र कारबाहीका लागि सम्बन्धित स्थानमा बुझाउने काम भइरहेको सहप्रवक्ता थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?