काठमाडौं । सुनसरीको गढी गाउँपालिका वडा नं ६ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसका उम्मेदवार तेतर साहुले २८२ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् ।
त्यस्तै नेकपा एमालेका शन्तु उरावले २६४, नेकपा माओवादी केन्द्रका कुशेश्वर खेरवारले २४९ मत र राप्रपाकी कविता कुमारी उरावले ४० मत प्राप्त गरेकी छन् ।
निर्वाचन आयोगका अनुसार रास्वपाका शशी कुमार साहुले १८ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका सीताराम यादवले १० मत मात्रै प्राप्त गरेका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनमा त्यहाँ कुल २ हजार ६ सय ४५ मत खसेको थियो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा गढी वडा नं. ६ बाट एमालेका षडानन्द उरावले ७१२ मत ल्याएर विजयी भएका थिए। उनको निधनपछि यस वडामा चुनाव भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया