काठमाडौं । हेटौँडा उपमहानगरपालिका वडा नं १२ को उपनिर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारीले ११२७ मत प्राप्त गरेका छन् । त्यस्तै उनलाई माओवादी केन्द्रका रविकुमार प्रधानले पच्छ्याइरहेका छन् । उनले ८६२ मत ल्याउँदा नेकपा एमालेका राजेश नगरकोटीले ७९५ मत प्राप्त गरेका छन् ।
राप्रपाका प्रेमबहादुर भोलानले ९६ मत ल्याउँदा रास्वपाका उम्मेदवार आशा विरबलले ५२ मत मात्रै प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया