काठमाडौं । हेटौंडा उपमहागरपालिका–१२ को वडाध्यक्षको उपनिर्वाचनमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी निर्वाचित भएका छन् ।
२०७९ सालको निर्वाचनमा नेकपा माओवादीले जितेको यो वडामा कांग्रेस उम्मेदवार तिवारी २ हजार ६३ मत प्राप्त गरेर विजयी भएका हुन् । त्यतिबेला माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका थिए ।
यसपटक भने माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गरे ।
यस्तै, नेकपा (एमाले) का उम्मेदवार राजेश नगरकोटीले १ हजार ३९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भ्लोनले १७८ र राष्ट्रिय स्वतन्त्र पार्टीका आशावीर बलले ८३ मत ल्याए ।
उपनर्विाचनमा हारसँगै माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिकामा वडाध्यक्षविहीन बनेको छ ।
गत निर्वाचनमा एमालेले ९ स्थान जितेकोमा कांग्रेस पनि एमालेकै बराबर संख्यामा पुगेको छ । एकीकृत समाजवादीले त्यो बेला एक ठाउँ जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया