रास्वपाले खाता खोल्यो, कांग्रेसले जितेको काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी श्रेष्ठ विजयी

लोकपथ
1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो ।

श्रेष्ठ २९०२ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो भए । एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो सिमित रहे।

एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ , राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७७४ मत पाए र स्वतन्त्र उम्मेदवारद्वय देवेन्द्रकुमार श्रेष्ठले ४९८ र सम शाक्यले ३३४ मत पाए । यसअघि २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसमा मुकुन्द रिजालले कामनपा १६ मा विजयी भएका थिए । उनको निधनपछि रिक्त रहेको अध्यक्ष पदमा रास्वपाले जित हासिल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?