बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार विजयी

लोकपथ
245
Shares

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारु विजयी बनेका छन् । उनी एक हजार ४३ मत पाएर विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका शेरबहादुर थारुले ६७८ मत पाए । नेकपा एमालेका विष्णुप्रसाद देवकोटा ३३७ मतसहित तेस्रो स्थानमा रहे । यस्तै, नागरिक उन्मुक्ति पार्टीका प्रीतिलाल थारुले ७० मत पाए भने राप्रपाका रत्नले ५२ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?