काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग महानिर्देशक राजन पौडेलले व्यवसायीहरु एकले अर्कोलाई दोष देखाउँदा बजार अनुगमनमा समस्या भएको बताएका छन् । उद्योग वाणिज्य संघ काठमाडौंले बजार अनुगमनका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय पानी उत्पादकले दुग्ध व्यवसायी,दुग्ध व्यवसायीले पानी व्यवसायीलाई र पानी उत्पादकहरुले सिमेन्ट लगायत व्यवसायीलाई दोष देखाउँदा बजार अनुगमन प्रभावित भएको बताए । साथै एक व्यवसायीले अर्को व्यवसायीलाई आरोप लगाउँदा विभागले कसलाई कारबाही गर्ने र अनुगमन गर्ने अन्योलता सिर्जना हुने गरेको पनि बताए । व्यवसायीहरु एकले अर्कोलाई दोष देखाउँदा बजार अनुगमनमा समस्या : महानिर्देशक पौडेलले व्यवसायीहरुबीच आरोप/प्रत्यारोपले अनुगमन र स्वच्छ बजार प्रणालीलाई असर पर्ने गरेको बताए ।
त्यसैगरी बजार अनुगमन लगायतका विषयमा कैफियत नै कैफियतको जनजालमा जेलिएर एक अर्कालाई आरोप लगाई रहेको बताए । उहाँले आरोप/प्रत्यारोपले स्वच्छ बजारलाई प्रभावित बनाउँदै नियमन निकायहरुलाई कमजोर बनाउने र दसैँ तिहारमा ४० फार्मलाई अनुगमन गर्दा दुई/तीन वटा फार्मलाई मात्रै कारबाही गरेको भन्दै विभागले अनुगमन गरेर व्यवसायीहरुलाई कारबाही गर्ने नियत नभएको पनि बताए । उनले विभागले व्यवसायीहरुलाई कारबाही गरेर संख्या बढाउने र राजश्व संकलन गर्ने उद्देश्य नभएको पनि दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया