कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ विजयी

लोकपथ
840
Shares

काठमाडौं । कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत पाइन् ।

यसैगरी, एमालेका बद्री बुढाथोकीले ४६०, माओवादीका नारायण विष्टले ३८१ र राप्रपाका बिजेश बस्नेतले १४२ मत ल्याए । २०७९ को निर्वाचनमा यो वडामा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए । श्यामकुमारसँग कांग्रेसका राजेन्द्र बानियाँ त्यसबेला पराजित भएका थिए ।

उनले २०७९ को चुनावमा १०५७ मत ल्याएका थिए । यस्तै, कीर्तिपुर–१ को वडाध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भइसकेका छन् । कीर्तिपुरको प्रमुख पदमा भने मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?