काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को सोमबार भएको दोस्रो खेलमा काठमाडौं गुर्खाज चितवन राइनोजसँग पराजित भएको छ ।
काठमाडौं गुर्खाज चितवन राइनोज ५ विकेटले पराजित भएको हो ।
टस जितेर पहिले फिल्डिङ रोजेको काठमाडौं गुर्खाजले ११२ रनको लक्ष्य दिएको थियो ।
काठमाडौंले दिएको ११२ रनको लक्ष्यमा चितवनले १७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्दै जित हासिल गरेको हो ।
चितवनका सन्तोष कार्कीले सर्वाधिक २८ रन जोडे । ल्यूक मार्टिन बेनकेन्स्टाइले २२ रन बनाएका हुन् ।
त्यस्तै आजै अर्को खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ ।
मंसिर १५ गते शनिबारबाट सुरु भएको एनपीएलका खेलहरु त्रिविस्थित कीर्तिपुर क्रिकेट मैदानमा भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया