काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले ‘एनएसओ डाटा पोर्टल’ सञ्चालनमा ल्याएको छ । कार्यालयले उत्पादन गर्ने तथ्यांकहरूलाई थप उपयोगी र परिस्कृत गर्ने उद्देश्यले कार्यालयले सोमबार एक समारोहका बीच पोर्टल सार्वजनिक गरेको हो ।
कार्यक्रमकाबीच तथ्यांक कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले ‘एनएसओ डाटा पोर्टल’को महत्त्व र उपयोगिताबारे जानकारी दिए । उनले कार्यालयले उत्पादन गरेका तथ्यांकहरूलाई थप उपयोगमैत्री बनाउन र प्रयोगकर्ताको सहज पहुँचका लागि पोर्टल सञ्चालनमा ल्याइएको बताए ।
उनले राष्ट्रिय तथ्यांक कार्यालय नेपालको तथ्यांकको केन्द्रीय निकाय भएको उल्लेख गर्दै कार्यालयले सार्वजनिक गर्ने तथ्यांक सत्य र वस्तुनिष्ठ हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया