लगातार दुई दिनको करेक्सनपछि शेयर बजारमा सुधार, १० अर्ब ५४ करोडको कारोबार

लोकपथ
56
Shares

काठमाडौं । लगातार दुई दिनको करेक्सनपछि सोमबार शेयर बजारमा सुधार देखिएको छ । यस दिन शेयर बजार परिसूचक नेप्से १९.९७ विन्दुले बढेर २७५८.०४ अंकमा अडिएको छ ।

यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। सुधारिएको बजारमा आज १० अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भयो । गत कारोबार दिन अर्थात् आइतबार आठ अर्ब ८३ करोडको शेयर कारोबार भएको थियो ।

आज १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ वटाको घटेको छ। यस्तै छ कम्पनीको स्थिर रहेको छ। 

यस दिन पाँच कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । विशाल बजार, तारागाउँ रिजेन्सी र खानी खोला हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ भने जोशी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

आज नेपाल फाइनान्सको मूल्य सर्वाधिक ८.७२ प्रतिशतले घटेको छ । दोस्रोमा गुराँस लघुवित्तको मूल्य ७.७३ प्रतिशतले घटेको छ । 

सोमबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये नौ समूहको परिसूचक बढेका छन् भने बाँकी चार समूहको परिसूचक घटेको छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?