काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीलाई जनकपुरले ८ विकेटले पराजित गरेको हो ।
सुरुमा ब्याटिङ गरेको कर्णाली याक्सले १४२ रनको लक्ष्य दिएको थियो । जनकपुरले २ विकेटको क्षतिमा १५ ओभर १ बलमा ८ विकेटले पराजित गर्दै जित निकालेको हो ।
जनकपुरका लागि कप्तान अनिल साहले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ६२ रन बनाउँदै अविजित रहे । ओपनर आसिफ शेखले ३६ रन बनाए ।
त्यसो त यसअघि नै शनिबार उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई ८ विकेटले नै पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया