काठमाडौं । हुम्लाको सार्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरेकी छिन् ।
हालसम्म माओवादी केन्द्रकी देवकी तिमल्सीनाले ७०६ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिद्धन्दी सविता बुढाले ४०३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै नेकपा एमालेकी जाना शाहीले ४७१ मत, राप्रपाकी संगीता शाहीले १९ मत, रास्वपाकी बाँचा बुढाले ८ मत मात्रै प्राप्त गरेकी छिन् ।
आइतबार भएको निर्वाचनमा कुल ४ हजार ५२४ मत खसेको थियो । यो कुल मतदाता संख्याको ६६.४ प्रतिशत हो । गाउँपालिकामा कुल मतदाता ६ हजार ८१० जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया