काठमाडौं । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीलाई नियुक्त गर्ने तयारी गरिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई कानुनमन्त्री बनाउन लागेका हुन् । यसअघिका कानुनमन्त्री लिलाबल्लभ अधिकारी मानवतस्करी प्रकरणमा मुछिएपछि राजीनामा दिएका थिए । त्यससँगै उनको ठाउँमा भण्डारीलाई मन्त्री बनाउन लागिएको हो ।
भण्डारीको शपथग्रहण साँझ ५ बजेका लागि राखिएको छ । भण्डारी नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया