काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं. १ ले आफ्नो वडामा ५ शय्याको अस्पताल र गाउँपालिकाको केन्द्रमा पोष्ट मार्टम केन्द्र स्थापना गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसँग माग गरेको छ ।
वडाध्यक्ष फुनरु शेर्पा र नेपाली कांग्रेस वडा नं. ५ का पार्टी सभापति मिङ्मा शेर्पाले मन्त्री पौडेललाई भेटी अस्पताल र पोस्टमार्टम केन्द्र स्थापनाको लागि निवेदन दिएका हुन् । वडा नं. १ मा अस्पताल नहुँदा सर्वसाधारणले स्वास्थ्य सेवा पाउन कठिन भएकोले मन्त्री पौडेलसँग अस्पताल निर्माणको पहल गरिदिन आग्रह गरिएको वडाध्यक्ष शेर्पाले बताए ।
‘वडा नं. १ मा ५ शय्याको अस्पताल आवश्यक छ । जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न अति आवश्यक रहेकोले सो कुरा माननीय मन्त्रीज्यूलाई निवेदन गरेका छौं । यस्तै, गाउँपालिकाको केन्द्रमा एउटा पोस्टमार्टम केन्द्र स्थापना अति जरुरी रहेकोले सो केन्द्र स्थापनाको पनि पहल गरिएको हो,’ शेर्पाले भने ।
सो क्रममा मन्त्री पौडेलले आफूले ग्रामीण स्वास्थ्यका क्षेत्रमा आमुल परिवर्तनको लक्ष्य लिएको बताउँदै त्यसप्रति सकारात्कमता देखाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया