कोशीको कानुनमन्त्रीमा रेवतीरमण भण्डारी, लिए शपथ

लोकपथ
84
Shares

काठमाडौं । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त भएका छन् ।

मृख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले भण्डारीलाई मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्तमन्त्री भण्डारीले प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथग्रहण गरिसकेका छन् ।

उनी नेकपा एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रहेका थिए ।

यसअघिका कानुनमन्त्री लिलाबल्लभ अधिकारी मानवतस्करी प्रकरणमा मुछिएसँगै राजीनामा दिएका थिए । त्यससँगै भण्डारीलाई मन्त्री नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?