काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य तीव्र गतिमा भइरहेकाले समय भन्दा अगावै सम्पन्न हुने बताएका छन् । सोमबार राति निर्माण भइरहेको विमानस्थलको रनवे र ट्याक्सी वेको स्थलगत अनुगमनपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले चैत्र १८ गतेसम्म तोकेको समय भन्दा अगावै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै १० घण्टा बन्द गरेर काम गर्नुपर्ने अवस्थालाई ८ घण्टामा झार्न सकिने उल्लेख गरे।
मन्त्री पाण्डेले कामलाई निर्धारित गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे ।
उनले हरेक परियोजनामा समयमै काम नहुने, ठेक्का तोडिने र सडक भवन अलपत्र हुने अवस्था रहेको भन्दै कम्तीमा विमानस्थलमा भइरहेको निर्माणको कामले तोकिएकै समयमा काम गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया