अफगानिस्तानविरुद्ध टस हारेर बलिङ गर्दे नेपाल

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । युएईमा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने खेलमा अफगानिस्तान साग नेपालले टस हारेको छ । दुबईको सारजाह क्रिकेट रङ्गशालामा भएको टसमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको हो । 

प्रतियोगिताबाट बहिरिसकेका दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलङ्कासँग एक सय ३१ रनले पराजित भएको थियो । 

एसीसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका आठ देश सहभागी छन् । प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका थिए ।  

समूह ‘बी’ मा नेपाल श्रीलङ्का, बंगलादेश र अफगानिस्तान छन् भने समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?