सही ढंगले सहकारी ऐनको कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त : मन्त्री अधिकारी

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ को सही ढंगले कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित ‘सहकारीको समसामयिक अड्चन र निकास’ विषयक प्रदेशस्तरीय गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

उनले सहकारी क्षेत्रमा काम गर्ने क्रममा सरोकारवाला निकायहरु ऐनको कार्यान्वयन गरेर अगाडि नबढेकै कारण सहकारी क्षेत्रमा समस्या देखा परेको बताए । मन्त्री बलरामले सहकारी क्षेत्रमा कसरी जाने र ऐनको कार्यान्वयन गरेर अगाडि बढ्ने कुरामा कति प्रतिबद्ध छौँ ? भनेर प्रश्नसमेत गरे । उनले विगतमा भएका र देखिएका कमी, कमजोरीहरुलाई अब दोहोरिन नदिने गरी जानको लागि ऐन र काम गर्ने विधिहरु समयानुकुल बनाउनुपर्ने कुरामा जोड दिए ।

उनले बजारमा सहकारीसँग जोडिएका वित्तीय संस्थाहरु ठिक होइनन् भन्ने विश्लेषण बजारमा भइरहेको उल्लेख गर्दै उक्त भाष्यलाई गलत सावित गर्न सबै जिम्मेवार भएर लाग्न जरुरी रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?