बीबीसी १०० वुमन २०२४ को सूची सार्वजनिक, नेपालबाट शिलशिला आचार्य

लोकपथ
56
Shares

काठमाडौं । बीबीसीले सन् २०२४ का लागि संसारभरिबाट १०० जना प्रेरक तथा प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ।

उक्त सूचीमा नेपालबाट शिलशिला आचार्य पनि परेकी छन् । आचार्यले सन् २०१४ मा ‘धन्यवाद, म आफैँ झोला बोक्छु’ भन्ने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन। जसले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको थियो । उनी नेपालमा प्लास्टिकको पुन: प्रयोगसम्बन्धी सबैभन्दा ठूलो सञ्जाल चलाउँछिन् । उनले फोहोर व्यवस्थापनसम्बन्धी अभनी भेन्चर्स नामको संस्था चलाउँदै आएकी छिन् ।

त्यस्तै, नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराद, बलात्कार पीडित र अभियानकर्मी जीजेल पेलिको, कलाकार श्यारोन स्टोन, ओलिम्पिक खेलाडी रेबेका एन्ड्राडे र एलिशन फिलिक्स, गायिका रे, भिजूअल आर्टिस्ट ट्रेसी एमिन, वातावरणवादी अभियानकर्मी एडेनिके ओलाडोसु र लेखिका क्रिस्टिना रिभेरा गार्जा १०० वुमन २०२४ को सूचीमा परेका छन्  । 

बीबीसी १०० वुमनले यो वर्ष महिलाहरूले बेहोर्नुपरेको समस्याको भारलाई उजागर गर्दै आफ्नो सहनशील क्षमताको उपयोग गरेर उनीहरूको  प्रयासको कदर गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?