‘२८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक’

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरका आयोजनाहरु पीपीएमा स्थगित भएपनि २८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने बताए ।

निर्देशक घिसिङले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजनाहरु आउन सक्ने र प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजनाहरु आउन नसक्ने  बताए । उनले १२ हजार मेगावाटको पीपीए सम्झौतामा हस्ताक्षर गरे पनि १२ हजारकै आयोजनाहरु आउन नसक्ने  बताए । उनले ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरु आए त्यसले सरकारलाई ठूलो सहयोग पुग्ने बताए ।  कार्यकारी निर्देशक घिसिङले २८ हजार मेगावाटको पीपीएमा वैदेशिक लगानी,प्राधिकरणले गर्ने रिजर्भर, आयोजनाहरु र सोलार पनि समावेश गरिएको बताए । उनले सोलार उत्पादनको लागि प्राधिकरणले करिब ८ सय मेगावाटको माग गर्दा ३६ सय मेगावाटको प्रस्ताव आएको बताए ।   

निर्देशक घिसिङले विद्युत प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको बताए । उनले सुख्खा समयमा प्राधिकरणले विद्युत माग पूरा गर्न नसक्ने अवस्था रहेको बताए । उनले प्राधिकरणले २०० मेगावाटका सोलार आयोजना अगाडि बढाएको पनि बताए ।

उनले जलविद्युत क्षेत्रका समस्या समाधान गर्ने गरी नीतिहरूलाई सहजीकरण गर्ने तयारीमा प्राधिकरण लागेको बताए । उनले निजी क्षेत्र वा लगानीकर्तालाई मात्रै जोखिममा पार्ने नभई सरकारले पनि जोखिम बहन गर्ने गरी नीतिहरु परिमार्जन गर्न लागिएको बताए । उनले नेपालको जलविद्युत क्षेत्रको विकासलाई बिस्तार गर्नको लागि सरकार अगाडि बढ्नुपर्ने बताए । नेपालमा २८ हजार मेगावाटको पीपीए भयो भने आरोआर र पीआरोआर आयोजना ३० हजार भन्दा बढी आउने नदेखिएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?