काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।
आजका लागि दोस्रो खेलमा चितवन राइनोजले पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १६१ रन बनाएको हो ।
चितवन राइनोजका लागि रवि बोपाराले अर्धशतक प्रहार गरेका छन् । बोपाराले ३८ बलमा ३ चौका र ३ छक्क प्रहार गर्दै ५१ रन जोड्न सफल भएका हुन् ।
त्यस्तै चितवन राइनोजका कप्तान कुशल मल्लले ३८रन, लुक बेन्केनस्टाइनले १६, हसन इसाखिलले १४, अमर रौतेलाले १३ र शरद भेष्वाकरले ११ रन बनाउँदा अन्य खेलाडीले भने रन जोड्न सकेनन् ।
आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर बलिङ रोजेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया