बिहीबारदेखि भिरिञ्ची कलेजमा आईसीटी मेला हुँदै, निःशुल्क अवलोकन गर्न सकिने

लोकपथ
70
Shares

काठमाडौं । यही मंसिर २०, २१ र २२ गते ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आईसीटी मेला ५.० हुने भएको छ । भिरिञ्ची कलेजले हरेक वर्ष आयोजना गर्दै आएको आईसीटी मेलाको पाँचौं संस्करण बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुने भएको हो ।

मेलामा ब्याचलरमा अध्ययनरत विद्यार्थीले बनाएका आईओटी, रोबोटिक्स, एआई, सफ्टवेयर लगायतका प्रोजेक्टहरू प्रदर्शनीमा राखिने छ ।

यस बाहेक मेलामा रोबो र्‍याम्प रेस, रोबो सकर, स्क्विड गेम, ई–स्पोर्ट्स टुर्नामेन्ट लगायतका गतिविधि हुनेछन् । यसअघि आईसीटी मेलाको प्रि–इभेन्टको रूपमा रिल्स र युआई–युएक्स प्रतियोगिता सम्पन्न भइसकेका छन् ।

आईटीमा रूची हुने सबैले मेलाको निःशुल्क अवलोकन गर्न सक्ने छन् । मेलामा मानिसको दैनिक जीवनलाई सहज बनाउने खालका नवीन आईटी परियोजनाहरू प्रदर्शनमा राखिने छन् ।

साथै मेलामा आउने अवलोकनकर्तालाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । भिरिञ्ची कलेजले विगत चार वर्षदेखि आईसीटी मेला आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?