काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले आउँदो आर्थिक वर्षको बजेटमा यस शीर्षकमा बजेट छुट्याउँदै निजी तथा सरकारी निकायहरुसँग समन्वय गरेर देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयता सामग्री प्रदान गरिने बताए ।
मन्त्री सुडीले अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै दिवसले जीवनयापनको संवैधानिक हक सुनिश्चित गर्न सबैलाई प्रेरणा मिल्ने बताए । अपाङ्गता भएका नागरिकको क्षेत्रमा देखिने गरी काम गर्नुपर्ने बताए ।
उनले गत सरकारले अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्ने भनेर सम्झौता गरे पनि बजेट नछुट्याएको बताए ।
बजेट बन्ने समयसम्म आफू मन्त्री रहेको खण्डमा बजेटको प्रबन्ध गर्दै देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता प्रदान गर्ने उनको प्रतिबद्धता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया