लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२४’ अभियान सुरु, डिजिटल बैंकिङ प्राथमिकतामा

लोकपथ
49
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको छैठौं संस्करण डिजिटर ९० डिसेम्बर २०२४ अभियान सुरु भएको छ ।

‘सहजताको नयाँ परिभाषा उपहारसँगै’ भन्ने नाराको साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्नका लागी विभिन्न अफरहरु प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउने कार्यक्रमहरु पनि गर्ने छ ।

यस अभियानमा ग्राहकहरुलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरुको बैंकिङ अनुभव सरल बनाउने योजनाहरु यस्ता छन् ।

सरलीकृत कर दाखिला
डिसेम्बर महिनाभरी मोबाइल मनीमार्फत आफ्नो प्यान (स्थायी लेखा नम्बर) वा एनआईडी (राष्ट्रिय परिचयपत्र)को विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाईल रिचार्ज गर्ने ग्राहकहरुले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन् । आफ्नो खातामा यसरी प्यान वा एनआईडी अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरु पनि हुनेछन् ।

सहज बिजुली बिल भुक्तानी
मोबाईल मनी प्रयोगकर्ताहरुले सजिलै एउटा मिस कलमार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन् । मोबाईल मनी एपबाटै सो सेवामा आबद्व भई डिसेम्बर महिनाभरी मिस कलमार्फत बिल भुक्तानी गर्ने ग्राहकहरुले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्ने छन् ।

क्रेडिट कार्डमा विशेष अफर
तोकिएको योग्यता पुगेका ग्राहकहरुले डिसेम्बर महिनाभरी क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् ।

आज किनौं, भोली तिरौं
क्रेडिट कार्ड ग्राहकहरुले डिसेम्बर महिनाभरी आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३० हजार रुपैयाँभन्दा बढिको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिनै सो भुक्तानीलाई सरल किस्ताबन्दिहरुमा विभाजन गर्न सक्नेछन् ।

अन्तर–बोर्डर भुक्तानी सेवा
लक्ष्मी सनराइज बैंकका क्यूआर सेवाग्राही व्यवसायीहरु (फोनपे मरचान्ट)ले विभिन्न भारतीय मोबाइल वालेटमार्फत डिसेम्बर महिनाभरी भुक्तानी लिँदा लक्की ड्रद्वारा विभिन्न पुरस्कारहरु जित्न सक्नेछन् ।

वित्तीय शिक्षा कार्यक्रम
यस अभियानको एक मुख्य भाग ‘डिजिटल संवाद’ पनि रहेको छ, जसअन्तर्गत बैंकले अन्य डिजिटल वित्तीय सेवाप्रदायकहरुसँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा वित्तीय चेतना सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गर्नेछ । यी कार्यक्रमहरु वितीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा र नविनतम डिजिटल बैंकिङ सुविधाहरू लगायतका विषयहरुमा केन्द्रित हुनेछन् ।

यस्तै चेतनामूलक पहलहरूसँग विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरुको माध्यमबाट यस अभियानले डिजिटल बैंकिङलाई सबैका लागि थप सुलभ, सुविधाजनक र सुरक्षित बनाउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?