पोखरा । विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेंगलाई पोखरामा पनि लञ्च गरेको छ । सीजी मोटर्सले अटोवेजलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा घोषणा गर्दै एक्सपेंगको लञ्च गरेको हो ।
योसँगै सीजीले नेपालमा एक्सपेंगको उपस्थिति थप विस्तार गरेको छ । स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गर्न सीजी तत्पर रहेको कम्पनीले जनाएको छ ।
अटोवेजका अध्यक्ष नारायणप्रसाद पौडेलले मिडियालाई एक्सपेंग ब्रान्डबारे जानकारी दिए । उनले पोखरामा एक्सपेंग ईभीले ग्राहकको मन जित्नेमा ढुक्क भएको बताए । सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले सीजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्दै आगामि योजनाबारे जानकारी गराए ।
उक्त कार्यक्रममा अटोवेजले पहिलो चरणका ग्राहकलाई पाँचवटा जी६ एसयूभी पनि हस्तान्तरण गरेको छ ।
एक्सपेंगको नयाँ जी६ मोडल स्मार्ट प्रविधि र दिगो डिजाइनमा बनेको आधुनिक एसयूभी हो । जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण ई–एनक्याप मा फाइभ स्टार रेटिङ प्राप्त गरेको छ । यसले स्वचालित ड्राइभिङ प्रविधि, सेपा २.० संरचना, नियमित ओटीए अपडेटहरु, एक्सओएस अपरेटिङ सिस्टम र ८०० भोल्ट सुपर फास्ट चार्जिङ सुविधा प्रदान गरेको छ ।
जी६ को मोटर पावर १९० किलोवाट र टर्क ४४० एनएम छ । जसले ६६ किलोवाट ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेञ्ज दिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया