एसीसी यू–१९ : नेपालसँग अफगानिस्तान पराजित

लोकपथ
553
Shares

काठमाडौं । एसीसी यू–१९ क्रिकेट अन्तर्गत नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।

मंगलबार शारजाह क्रिकेट रंगशालामा भएको खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै जित निकालेको हो ।

टस जितेर पहिले बलिङ रोजेको नेपाललाई अफगानिस्तानले १२४ रनको लक्ष्य दिएको थियो । आफ्नो लक्ष्य पच्छ्याउँदै नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पारेको हो ।

नेपालका कप्तान हेमन्त धामीले २२ रन जोड्दा नरेन साउदले २६ रनको योगदान दिएका थिए । त्यस्तै अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३ रन जोड्दा अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?