महालक्ष्मी विकास बैंकले दरबारमार्ग शाखालाई अपाङ्गमैत्री बनाउने

लोकपथ
63
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम सम्पन्न गरेको छ । ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बैंकले अपांग अपाङ्गता भएका व्यक्तिहरुको बैंकिङ कारोबारलाई थप सहजीकरण गर्न बैंकको दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्ने जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रुपमा खटाइएको पनि बैंकले जनाएको छ ।

साथै संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारले तय गरेको ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार’ भन्ने नारालाई आत्मसात गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहिनहरुलाई सहयोग गरेको छ ।

बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रम बीच बैंकले सेतो छडी लगायतका सामग्रीहरु समेत वितरण गरेको छ । यस किसिमका कार्यहरुबाट अपाङ्गता भएका व्यक्तिहरुको सहज जीवन यापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?