काठमाडौं । मित्रराष्ट्र चीनले नेपाललाई ९ अर्ब अनुदानको घोषणा गरेको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सी जिङपीङले नेपाललाई ५०० मिलियन आरएम अर्थात् ९ अर्ब अनुदानको घोषणा गरेका हुन् ।
सोमबार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेटघाट गरेका थिए ।
आज नेपाल र चीनबीच विभिन्न ९ समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री ८७ जनाको प्रतिनिधिमण्डलको टोलीसहित सोमबार चीन प्रस्थान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया