राष्ट्रपति पौडेल अस्पताल भर्ना

लोकपथ
147
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । प्रोस्टेटसम्बन्धी उपचारका लागि उनी आज बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङकाअनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?