धान काट्न मजदुरको सट्टा रिपर मेसिन उपयोगी

लोकपथ
84
Shares

काठमाडौं । सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी साबित भएको छ । धान भित्र्याउन आफैँले सञ्चालन गर्न सकिने हाते ट्र्याक्टर जस्तो सानो मेसिन अहिले जलेश्वर र वरपरका किसानका लागि उपयोगी सिद्ध भएको हाे ।

उक्त मेसिनले एक घण्टामा १० कठ्ठामा लगाइएको धानबाली काट्ने गरेको जलेश्वर नगरपालिका-८ का अर्का किसान अरुण पाण्डेले बताए । रिपर मेसिन आउनुभन्दा अगाडि किसानले उक्त खेतमा लगाएको धान काट्न दुई-तीन लाग्ने गरेको बताए । 

चिनियाँ कम्पनीद्वारा आविष्कार गरी बजारमा ल्याइएको रिपर मेसिन डिजलबाट सञ्चालन हुने जलेश्वर नगरपालिका–९ का किसान जितेन्द्र सिंहले बताए ।

रिपर मेसिन प्रयोग हुनुअघि धान भित्र्याउन धेरै जनशक्ति आवश्यकता पर्ने गरेकामा हाल एक जना मेसिन चलाउने र एक जना काटिएको धान जम्मा गर्ने श्रमिक भए पुग्ने मेसिन प्रयोग गरेका जलेश्वर नगरपालिका–६ का किसान दिनेश मण्डलले बताए ।

रिपर मेसिनले श्रम र समयको बचत हुनुका साथै धान भित्र्याउने बेलामा मजदुर अभाव हुने समस्या समाधान भएकाले किसानले आफ्नो बिघौँबिघामा लगाएका धान भित्र्याउन रिपर मेसिन वरदान साबित भएको जलेश्वर नगरपालिका–२ का किसान अनिल साहले बताए।  रिपर मेसिनको मूल्य स्थानीय बजारमा  दुई लाख १५ हजार पर्ने उनले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?