२ घण्टा पनि टिकेन दक्षिण कोरियाका राष्ट्रपतिको ‘शैन्य कानुन’, को हो मार्शल ल ?

लोकपथ
427
Shares

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले जारी गरेको शैन्य कानुन संसद्को बहुमत शक्तिले अस्वीकार गरेको छ ।

मंगलबार राष्ट्रपति योलले टेलिभिजनमा सम्बोधन गर्दै शैन्य कानुन यानेकी ‘मार्शल ल’ को घोषणा गरेका थिए ।
उनले बजेट विद्येयकमा संसदीय संघर्षकाबीच ‘साम्यवादी शक्तिहरु’ बाट देशको रक्षा गर्न आवश्यक रहेको भन्दै उक्त कानुन अघि सारेका थिए ।

तर उक्त शैन्य कानुन लागु भएको भनिएको २ घण्टा भन्दा छोटो समयमा नै सदनले बहुमत सदस्यहरुले उक्त कानुन गैरकानुनी भएको भन्दै बहुमत सदस्यहरुले मतदानबाट अस्वीकार गरेका हुन् । संसद्मा उपस्थित ३०० मध्ये १९० सदस्यहरुले कानुन अन्त्य हुनुपर्ने पक्षमा मतदान गरेपछि राष्ट्रपतिले लागु गरेको शैन्य कानुन फेल भएको हो ।

राष्ट्रपति येओलले सदनलाई रोक्न हेलिकप्टरबाट सेना ल्याएर धरपकडको प्रयास गरेका थिए । तर नागरिक र सांसदहरुले त्यसको व्यापक विरोधका लागि सडकमा ओर्लिएपछि राष्ट्रपति त्यस कानुनबाट ब्याक हुन बाध्य भएका थिए ।

राष्ट्रपति यउलले उत्तर कोरियाबाट सुरक्षा जोखिम रहेको भन्दै अप्रत्यासित लगाएको शैन्य कानुन फेल भएसँगै उनको राजीनामा वा महाअभियोग हुनसक्ने चर्चा चुलिएको छ ।

के हो मार्शल ल ?

मार्शल ल भनेको संकटकालका बेला गरिने शैन्य अधिकारीहरुको शासन हो । मार्शल ल लागु भएपछिको अवस्थामा नागरिकहरुको अधिकार निलम्बन हुनसक्छन् ।

अन्तर्राष्ट्रिय कानुन अनुसार मार्शल ल उल्लंघन भएमा राज्यले पक्राउ पुर्जी बिना नै कसैलाई नियन्त्रणमा लिएर कारबाही गर्न सक्छ । त्यस्तै उक्त कानुन लागु भएको अवस्थामा सञ्चार माध्यम र प्रकाशकहरु पनि मार्शल ल कै नियन्त्रणमा आउने र संसदीय गतिविधिमा समेत रोक लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?