काठमाडौं । जाडो मौसम सुरु भइसकेको छ । यो मौसममा धेरै मानिसहरुलाई ओठ फुट्ने समस्याले सताउने गर्छ । जाडो याममा चिसो हावाका कारण छाला सुख्खा हुने भएकाले ओठ फुट्न थाल्छ । यस समस्याबाट बच्नका लागि धेरै घरेलु तथा आयुर्वेदिक उपायहरू उपलब्ध छन् । यी उपाय अपनाएर ओठलाई नरम राख्न सकिन्छ ।
घिउ वा मक्खन लगाउने : घिउ र मक्खन दुवै छालाको लागि धेरै राम्रो हुन्छ । जाडोमा राती सुत्नुअघि ओठमा घिउ वा बटर लगाउनुहोस् । यसले प्राकृतिक मोस्टराइजरको रूपमा काम गर्छ ।ओठलाई नरम बनाउन मदत गर्छ ।
मह : मह सिधै ओठमा लगाउनुहोस् र केही समय पछि धुनुहोस् यसले ओठलाई नरम र स्वस्थ राख्छ ।
नरिवलको तेल : नरिवलको तेलमा एन्टिअक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी गुण हुन्छ जसले सुक्खा र फुटेको ओठलाई निको पार्न मदत गर्छ । जाडोको दिनमा धेरै पटक नरिवलको तेल प्रयोग गर्नुहोस् यसले ओठलाई नरम र स्वस्थ राख्छ ।
एलोभेरा जेल : एलोभेरा जेल ओठ सुन्निने र जलन कम गर्न प्रयोग गरिन्छ । यो चिसो हुन्छ जसले गर्दा ओठलाई राहत प्रदान गर्छ र ओठ फुट्नबाट रोक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया