काठमाडौं । नेपाल वायुसेवा निगमले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना जारी गरेको छ । रकम भुक्तानी गर्ने सम्बन्धमा निगमले बुधबार ३५ दिने सूचना जारी गरेको हो ।
निगमसँग भएको सम्झौताअनुसार क्याप्टेन केसीले तालिम अवधिभर लिएको तलब भत्ता, भ्रमण भत्ता, टिकट खर्च उक्त तालिममा लागेको खर्चको रकमलगायतका सम्पूर्ण बुझाउनुपर्ने रकम ब्याजसहित बुझाउन सूचनामा भनिएको छ ।
तोकिएको समय अवधि भर उक्त रकम नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने पनि सूचनामा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया