काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक र प्रहरीबीचको मुठभेडले चितवन तनावग्रस्त बनेको छ । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज बुधबार बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो ।
झडपमा प्रहरीतर्फ २० जना घाइते भएका छन् । रास्वपातर्फ भने सोही संख्यामा घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालयमा लैजाने क्रममा जिल्ला प्रहरी कार्यालय अगाडि रास्वपा कार्यकर्ताले ढुंगा प्रहार गरेपछि बाध्य भएर प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको प्रहरीको दाबी छ । आफूहरुले संयम अपनाउँदा अपनाउँदै ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको चितवनका एसपी गौतम मिश्रले बताए । प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठीचार्ज गर्नुका साथै पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो ।
रविका कार्यकर्ताहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् । मंगलबार काठमाडौंबाट लामिछानेलाई सहारा सहकारीको रकम हिनामिनाबारे बयानका लागि चितवन लगेको थियो । बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया