राष्ट्रपति पौडेलको सफलतापूर्वक शल्यक्रिया

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया भएको छ ।

आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देशन प्रा.डा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेल आज बिहान भर्ना भएका थिए  । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?