जनतालाई न्याय दिन बाधा पुग्ने ठाउँमा संविधान संशोधन हुन्छ : मन्त्री चौरसिया

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनतालाई न्याय दिन बाधा पुग्ने कानुनी अफ्ठ्याराहरु फुकाइने बताएका छन् । मधेस प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानुनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो कार्यकालमा संविधानमा देखिएको कमी कमजोरीहरु फुकाएर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले लोकतान्त्रिक व्यवस्थामा जनतालाई न्याय दिन अफ्ठ्यारो भएका ठाउँहरुमा संविधान संशोधन हुने बताए ।

नागरिकलाई सहज बनाउनका लागि कानुन संशोधन हुने र विधेयक ल्याइने पनि बताए । कानुनमन्त्री चौरसियाले अहिलेको व्यवस्थामा समस्या र चुनौती भए पनि समाधानको उपाय उच्च नैतिक मूल्यका साथ खोज्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?