काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सीमित क्षेत्रमा भएको उपनिर्वाचनलाई लिएर हौसिनुपर्ने र निराश हुनुपर्ने कारण नरहेको बताएका छन् ।
डा. भट्टराईले काठमाडौं महानगरपालिका–१६ र कीर्तिपुर नगरपालिका बाहेक अन्य धेरै भूगोल रहेका कारण त्यहाँ समग्र निर्वाचनको मुद्दा भन्दा फरक परिवेशले निर्वाचनमा असर गर्न सक्ने बताए ।
निर्वाचनको परिणामबारे प्रतिक्रिया लिँदै सामाजिक सञ्जालमा डा. भट्टराईले भनेका छन्, ‘काठमाडांै मनपा–१६ र कीर्तिपुर नपा बाहेक नामाकरण जे भए पनि अरू सबै ग्रामीण इलाका हुन् । फरक आर्थिक–सामाजिक जीवन र वैचारिक–राजनीतिक–सांस्कृतिक चेतनाको कारणले शहरका मतदातालाई वैचारिक–राजनीतिक कुराले बढी प्रभावित गर्न सक्छ भने ग्रामीण मतदातालाई दलीय, जातीय, भाषिक, सांस्कृतिक पहिचान र निजात्मक सम्बन्धले बढी प्रभावित गर्नसक्छ । साथै स्थानीय चुनावमा स्थानीय मुद्दारसमस्या र उम्मेदवारका निजी गुणरसम्बन्ध बढी बलशाली हुन पुग्छन्। त्यसैले सीमित क्षेत्रमा भएको यो उपनिर्वाचनको परणामलाई अतिरंजित गरेर हौसिनु वा निराश हुनु वस्तुसंगत हुन्न,’ डा. भट्टराईले भनेका छन् ।
४४ स्थानमा भएको उपनिर्वाचनमा पूरानै दलहको हालिमुहाली रहेको बताउँदै जनताले निर्वाचनमार्फत् परिवर्तन चाहे पनि विकल्प नहुँदा पूरानै दललाई रोज्न बाध्य भएको टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया