काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदह घर भएका २१ वर्षीय सम्राट चुदारा रहेका छन् ।
सम्राटले ती किशोरीलाई रैनादेवी छहरा गाउँपालिका–६ स्थित खरबारीमा सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा मेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया