न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको छ : मुख्यमन्त्री सिंह

लोकपथ
42
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको आरोप लगाएका छन् ।मधेस प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानुनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले न्यायाधीश नियुक्ति हुँदा मधेसी कोटा रहे पनि सोअनुसार नियुक्ति हुन नसकेको बताए । उनले मधेसीहरूको योग्यता नपुगेको भए सुधार गर्नुपर्ने भन्दै यथार्थ जानकारी दिन संघ सरकारसँग माग गरेका छन् । उनले मधेसमा शिक्षाको स्थिति नाजुक बनिसकेको भन्दै शिक्षामा सुधार गर्नुपर्ने बताए । 

उनले भने, ‘हाम्रो मधेस प्रदेशको शिक्षा स्थिति यस्तो भइसक्यो की अब हाम्रो मधेस प्रदेशको शिक्षा स्थिति कोमामा पुगिसकेको छ । यो कोमाबाट निकाल्नका लागि माथिदेखि तलसम्म अब सोचको परिवर्तन गर्नुपर्छ । न्यायाधीश नियुक्ति हुँदा त्यहाँ कतै कतै मधेसी कोटाहरूमा बेइमानी जस्तो भएको महसुस भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?