काठमाडौं । रामजानकी विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आएका जन्तीलाई स्वागत गरिएको छ । विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गरिएको हो ।
जन्तीलाई मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, जनकपुर मन्दिरका महन्त र स्थानीय जनकपुरवासीहरुले स्वागत गरेका छन् । सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया