नेशनल लाईफ इन्स्योरेन्सद्वारा कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सम्मान

लोकपथ
35
Shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सुर्खेतस्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढी अभिकर्ताहरुलाई सम्मान गरेको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागीय प्रमुख तथा कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गरिएको कार्यक्रममा अभिकर्ताहरुलाई सिईओ क्लब सदस्यता वितरण गरिनुका साथै  प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत  गरिएको थियो । 

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । 

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अन्य प्रदेशको तुलनामा बीमा व्यवसायमा कर्णाली प्रदेश केही पछाडि रहेपनि सम्भावना भने निक्कै नै रहेको हुँदा यस क्षेत्रमा कार्यरत अभिकर्ताहरूले व्यावसायिक रणनिती बनाई अघि बढ्नुपर्ने सुझाव व्यक्त गरे ।  उनले सिईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरूप मधेस प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सम्पन्न गरिसकेको र सोही क्रममा कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउँदै अब सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिने योजना रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?