काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीहरुलाई १० .६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको मंसिर १८ गते बसेको ५२१ औं संचालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्न शेयरधनीहरुलाई १०.६५ प्रतिशत लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांशअनुसार ३.८ प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात तोकिएको मितिसम्म कायम शेयरधनीहरुमा वितरण हुने बैंकले जनाएको छ। हाल बैंकको चुक्तापुँजी १० अर्ब १२ करोड रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया